logo-img

एसइईको नतिजा सार्वजनिक गर्न चाहने संघ-संस्थालाई आवेदन माग

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्न चाहने संघसंस्थाबाट आवेदन माग गरेको छ । 

बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई २०७९) को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन चाहेको सेवाको विवरण कार्यालयबाट तोकिएको सर्तको अधीनमा रही यही असार १२ गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।  

एसएमएसबाट सूचना दिनका लागि ४० हजार, वेबसाइटबाट नतिजा प्रकाशनका लागि २० हजार, एसएमएस र वेबसाइट सेवाका लागि ६० हजार, एसएमएस, आइभिआर र वेबसाइट सेवाका लागि एक लाख राजस्व बुझाउनुपर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । 

बोर्डले परीक्षा प्रकाशित गरेपछि मात्रै नतिजासम्बन्धी विवरण उनीहरूलाई प्रदान गरिने र सोही आधारमा प्रकाशन गर्नुपर्ने जनाइएको छ ।

यसैगरी नतिजासम्बन्धी जानकारी दिने कार्य नतिजा प्रकाशन भएको मितिले ३१औँ दिनबाट अनिवार्य बन्द गर्नुपर्ने जनाइएको छ ।





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार २०:३१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया