logo-img

बागमती प्रदेशसभा बैठक : आज बजेट पारित गर्ने तयारी

बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । बाँकी रहेका मन्त्रालयगत बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पास गर्ने तयारी गरिएको हो ।   

बैठक बिहान ११ बजे बोलाइएको छ । आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकमाथि प्रदेशका मन्त्रीहरूले प्रतिपक्ष दलहरूले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरू कार्यान्वयन गरेर अघि बढ्ने बताएपछि अवरुद्ध हुँदै आएको बैठक बुधबारदेखि सहज भएको थियो । 

बुधबारको बैठकमा भौतिक पूर्वाधार, वन तथा वातावरण, स्वास्थ्य मन्त्री लगायतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । 
 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार ९:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया