logo-img

सरकार ‘पेपरलेस सिस्टम’ कार्यान्वयनमा छ : सभामुख पाठक

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकार ‘पेपरलेस सिस्टम’ कार्यान्वयनमा अघि बढेको भन्दै इन्टरनेटबाट हुने कामकाजलाई सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।

हेटौंडामा नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा प्रदेश सभा सदस्यका लागि इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक तालिममा सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टर ह्याक गर्न सक्नेमा सचेत गराए ।

उनले सरकारले साइबर सुरक्षासम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । पछिल्लो समय साइबर अपराधका घटनामा बढिरहेको भन्दै उनले साइबार अपराध न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

क्यान महासङ्घ नेपालका महासचिव एवम् साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले तालिमको सहजीकरण गरेका थिए । तालिममा बागमती प्रदेशका ८०  सांसदहरुको उपस्थिति छ । नेपाल बन्छ जब नेपालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि नारालाई  आत्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनीहरूको भनाइ थियो । साइबर सुरक्षाको चुनौतीलाई न्यूनीकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारीको भनाइ छ । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशन विजयकुमार रायको ७७ वटै जिल्लाका स्थानीय तहमा फोरजी र ब्रोडब्याड इन्टरनेट सेवाको विस्तार भएको बताए ।

सेवाको विस्तारसहित चुनौती पनि बढेको उनको भनाइ छ । उनका अनुसार हाल करिब ९५ प्रतिशत जनसङ्ख्यामा मोबाइल ब्रोडब्याण्ड सेवा पुगेको छ । साइबर सुरक्षाका विषयमा नीति निर्माणसँगै चुनौती न्यूनीकरणका लागि आम नागरिकलाई अभिमुखीकरण गर्दै अघि बढ्नुपर्ने रायले धारणा राखेका थिए । 





  • प्रकाशित मिति : असार २१, २०८० बिहीबार १७:२०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया