logo-img

आईएमएफलाई नेपाली उद्योगीको आग्रह : नेपालको अर्थतन्त्र सुधार्न सघाउनुहोस्

नेपाल उद्योग वाणिज्य महासंघका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् । 

आइएमएफका आवासीय प्रतिनिधिबीच शुक्रबार भएको भेटवार्तामा उहाँले  विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन् ।

सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिए । उनले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताए ।

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताइन् । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाइन् । 

अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई देशको अर्थतन्त्र सुधारका लागि आवश्यक पर्ने सहयोग गर्न आग्रह गरेका छन् । 

आइएमएफका आवासीय प्रतिनिधिबीच शुक्रबार भएको भेटवार्तामा उहाँले  विद्यमान अर्थतन्त्रको सुधारमा सघाउन आग्रह गर्नुभएको हो । अध्यक्ष ढकालसँग नेपालका लागि आइएमएफका आवासीय प्रतिनिधि टेरेसा सान्चेजले महासङ्घ सचिवालयमा औपचारिक भेटवार्ता गरेका हुन् ।



सो अवसरमा अध्यक्ष ढकालले दुई संस्था मिलेर विद्यमान आर्थिक मन्दीको अवस्थालाई सुधार्नुपर्नेमा जोड दिए । उनले बजारमा माग सिर्जना गर्न आगामी मौद्रिक नीतिले ब्याजदर घटाउने, चालु पूँजी कर्जा मार्गदर्शनको परिमार्जन एवं कर्जाको पुनःसंरचना, पुनःतालिकीकरण, पुनःकर्जा सुविधा दिनुपर्नेमा महासङ्घले राष्ट्र बैंकसँग आग्रह गरिरहेको बताए ।

सो अवसरमा आवासीय प्रतिनिधि सान्चेजले महासङ्घका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताइन् । साथै उनले सो विषयमा थप छलफल गर्ने र आर्थिक स्थायित्वका लागि सहकार्य गर्ने विश्वास दिलाइन् । 



  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार २२:४६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया