logo-img

६ राजदूत सिफारिस, कहाँ को ?

सरकारले विभिन्न मुलुक तथा नियोगका लागि ६ जना राजदूत सिफारिस गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदका अनुसार नेतृत्वविहीन सात दूतावासमध्ये ६ वटाका लागि राजदूत सिफारिस गर्दै राजदूत नियुक्तिको प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको हो । 

‘खाली रहेका सातमध्ये छ वटामा सिफारिस भइसक्यो, एउटामा बाँकी छ,’ उनले भने । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै राजदूतका लागि सिफारिस गरेको हो ।

सिफारिस भएका ६ जना नै परराष्ट्र मन्त्रालयका सहसचिव अर्थात् पेसागत कूटनीतिज्ञ हुन् । जसअनुसार अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा सहसचिव लोकबहादुर थापा सिफारिस भएका छन् । 

त्यस्तै, जेनेभास्थित संयुक्त राष्ट्र सङ्घीय नेपाली नियोगका लागि रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । सुवेदी मन्त्रालयको दक्षिण एसिया विभाग प्रमुख र थापा उत्तरपूर्वी एसिया विभागको प्रमुख हुन् ।  

त्यस्तै, आफ्नो कार्यकालको लामो समय मन्त्रालयमै रहेका सहसचिव तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्सका लागि राजदूत सिफारिस भएका छन् । मन्त्रालयको सामान्य प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव घनश्याम लम्साल कुवेतका लागि, मन्त्रालयको क्षेत्रीय सङ्गठन विभाग प्रमुख धनबहादुर ओली थाइल्याण्डका लागि र शिष्टाचार विभाग प्रमुख सुधीर भट्टराई फ्रान्सका लागि राजदूत सिफारिस भएका छन् ।

मन्त्रालयका अनुसार क्यानडाको राजदूत सिफारिस हुन बाँकी छ । सिफारिस भएसँगै अब नियुक्तिको प्रक्रिया संसदीय सुनुवाइमा जान्छ । त्यहाँबाट स्वीकृत भएर अघि बढेपछि बल्ल राष्ट्रपतिद्वारा राजदूत नियुक्त गरिन्छ ।     





  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार ७:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया