logo-img

अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन् । अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन् । 
 
मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न यस्तो निर्देशन दिएका हुन् । 

मन्त्री जोशीले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल, चितवन मेडिकल कलेजकाका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्रशासकीय अधिकृत हिमनाथ घिमिरे र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका अध्यक्ष डा. विजय न्यौपानेलाई टेलिफोन सम्पर्क गरी पार्किङ निःशुल्क गर्न भनेका हुन् । 
 
अस्पतालमा आउने बिरामी र आफन्तसँग पार्किङको नाममा लिइने शुल्कका विषयमा जनगुनासो बढेकाले मन्त्रालयले यस्तो निर्देशन गरेको मन्त्री जोशीको भनाइ छ । शुल्क लिने व्यवस्था हटाइ सवारीसाधनको सुरक्षा अस्पतालले गर्नुपर्ने उनको भनाइ छ । 

मन्त्रालयले असार १५ गते नै सबै अस्पताललाई निर्देशन गरेको भन्दै उनले साउन महिनाबाटै यसको कार्यान्वयन गर्न सबैलाई आग्रह गरे । कतिपय अस्पातलले बिरामी र तिनका आफन्तबाट पार्किङ शुल्क लिँदै आएका छन् ।





  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार २०:३०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया