logo-img

सरकार ढल्ने कुनै सम्भावना छैन : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले अहिलेको गठबन्धन सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएका छन् । 

प्रेस सेन्टर नेपाल बागलुङले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको गठबन्धन लामो समयसम्म रहिरहने र सरकारले भ्रष्टाचारविरुद्धको कामलाई निरन्तर अगाडि बढाइरहेको बताएका हुन् । 

बागलुङ क्षेत्र नं २ का सांसदसमेत रहेका पौडेलले भ्रष्टाचारविरुद्ध अहिलेको सरकारले लिएको अडानका कारण सरकार सञ्चालनमा कुनै समस्या नआएको भन्दै अहिलेको सरकार गिराउन विभिन्न चलखेल भए पनि त्यो सम्भव नहुने स्पष्ट पारे । ‘सरकारले दृणतापूर्वक भ्रष्टाचारविरुद्ध काम गर्दै आएको छ,’ उनले भने ।

बागलुङको इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर ढोरपाटन नगरपालिकाका नगरप्रमुख फरार भएको विषयलाई आफूले गृह मन्त्रालयमा ध्यानाकर्षण गराएको बताए ।

‘बागलुङको सहकारी समस्याको विषयमा गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको छु, फरार रहेका सहकारीका अध्यक्षलाई पक्राउ गर्न आवश्यक छ,’ पौडेलले भने ।  

बागलुङस्थित इमेज सहकारीले जनताको डेढ अर्ब रकम उठाएर सञ्चालक फरार भएपछि जनगुनासो सुन्न नेता पौडेल गृहजिल्ला आएका हुन् । 





  • प्रकाशित मिति : साउन ७, २०८० आइतबार ६:५८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया