logo-img

माल्भिका सुब्बाले दुई वर्षअघि नै गरेकी थिइन् श्रीमानसँग सम्बन्धविच्छेद

पूर्वमिस नेपाल माल्भिका सुब्बाले श्रीमान् रियाज श्रेष्ठसँग सम्बन्धविच्छेद गरेकी छन्। सञ्चारकर्मीसमेत रहेकी सुब्बाले दुई वर्षअघि नै सम्बन्धविच्छेद गरेकाे खुलासा गरेकी हुन् ।  

अर्की अभिनेत्री प्रियंका कार्कीको कार्यक्रम 'द फोर्थ ट्राइमेस्टरु' नामक पडकास्टमार्फत उनले सम्बन्ध विच्छेद गरेको जानकारी दिएकी हुन्।

छोरा दुई वर्षको हुँदा घर छोडेकाे र धेरै गाह्रो भइसकेपछि आफू एक्लैले साे निर्णय लिएकाे उनले बताएकी छन् । 'मेरो परिवारले मलाई समर्थन गर्नुभएन,उनले भनिन्, 'अहिले ठिक छ। त्यो समर्थन लिन पनि मलाई तीन-चार वर्ष लाग्यो।'

श्रीमानसँगको सम्बन्ध बिग्रिए पनि छोरालाई उसको बुवा र परिवारबाट कहिले पनि नछुट्टाउने आफ्नो सोच रहेको उनकाे भनाइ छ । 





  • प्रकाशित मिति : साउन ९, २०८० मंगलबार १९:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया