logo-img

प्रमुख निर्वाचन आयुक्तले माफी नमागे महाअभियाेग लाउनुपर्छ : जसपा प्रमुख सचेतक

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनीविरुद्ध महाभियोग लगाउनुपर्ने माग उठेकाे छ । 

निर्वाचन आयोगले मंगलबार २४ सय ३५ उम्मेदवारलाई जरिवाना लगाएको थियो । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै जसपाका प्रमुख सचेतक प्रदीप यादवले यस्ताे माग गरेका हुन् । 

प्रमुख आयुक्त थपलियाले माफी माग्नुपर्ने माग गर्दै उनले भने, ‘कानुनको आफैँ व्याख्या गरेर चरित्र हत्या गर्न खोजिएको छ । यो खेदजनक छ । प्रमुख आयुक्तलाई माफी माग्न अनुरोध गर्दछु । अन्यथा आयुक्तलई मानहानिको मुद्दा र महाअभियोग लगाउनुपर्छ,’ उनले भने ।





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १६:३२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया