logo-img

एमालेले मन्त्रीको राजीनामा माग्नु बेसिजनको खेती हो :पौडेल

नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारका मन्त्रीहरूको राजीनामा माग्नु बेसिजनको खेती भएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले प्रमुख प्रतिपक्ष दलले सरकारको गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु बेसिजनको खेती भएको बताएका हुन् । 

उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार दृढतापूर्वक अगाडी बढ्नु नै इतिहासको आवश्यकता भएको बताए । उनले प्रतिपक्षले मन्त्रीहरुको राजीनामा मागेर भ्रम सिर्जना गर्न खोजेको बताउनु बताए । सरकारले सुशासन दिन खोज्दा मन्त्रीहरुको राजीनामा माग्नुले गलत सन्देश जाने उनको भनाइ छ ।

उनी भन्छन्, ‘यो बेला गृहमन्त्रीले राजीनामा दिने होइन । सरकार संकटमा पर्ने होइन । यो बेला जनताले उठाए अनुरुपको सुशासनको प्रत्याभुति दिलाउनको निम्ति सरकारले अझ दृढतापूर्वक अगाडी बढ्नुपर्छ । यो नै इतिहासको आवश्यकता हो । प्रश्न उठाउन पाइन्छ तर त्यसको सिजन हुन्छ, अफसिजनमा खेती लगाइयो भने फल्दैन । अहिले गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा माग्ने बेला होइन । ’

उनले सुन तस्करी प्रकरणको निष्पक्षतापूवर्क छानबिन गर्न सबैले सहयोग गर्नुपर्ने बताए । छानबिनमा अवरोध गरेमा देशमा सुशासन कायम हुन नसक्ने उनले बताए ।  





  • प्रकाशित मिति : साउन १०, २०८० बुधबार १८:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया