logo-img

केन्द्रीय कार्यालय सार्न राप्रपाले महानगरसँग माग्यो ३५ दिनको समय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय मागेको छ । महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयवाधि दिँदै सूचना जारी गरेको थियो ।

उक्त सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीको दलबलसहितको टोली सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेको थियो । तर, राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए ।

प्रहरी प्रशासनले सुरक्षा व्यवस्थाको जिम्मा नलिएपछि कार्यालय हटाउन डोजर लैजान नसकेको नगर प्रहरीका एक अधिकारीले बताए ।

राप्रपाले महानगरलाई पत्र लेखेर कार्यालय सार्नका लागि ३५ दिनको समय माग गरेको मेयरको सचिवालयले जनाएको छ ।

बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको पार्टी कार्यालय हटाउने सबै तयारी गरेपछि राप्रपाले समय मागेको सचिवालयको भनाइ छ ।





  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १७:५७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया