logo-img

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक छैन : जनार्दन शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन् । बुधबार केन्द्रीय कमिटी बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपमहासचिव शर्माले राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान गरिरहेको बताए । 

उनले भने ‘अनुसन्धान गर्ने निकाय सरकारकै हो । सरकारकै निकायले गरिराखेका छन् । सरकारले पक्रेको छ ।  सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्य तथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनुपर्ला ।  सरकारले पक्रेको कुरामा अहिले उच्चस्तरीय छानबिन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य आइसकेपछि हो वा होइन भन्ने कुराको टीकाटिप्पणी गर्ने ठाउँ भइहाल्छ नि । ’

उपमहासचिव शर्माले एमालेलाई अहिले सरकारकै निकायले गरिरहेको छानबिनमा सहयोग गर्न आग्रह समेत गरे । 





  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार १५:५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया