logo-img

संसदीय सुनुवाइ समितिमा प्रस्तावित दुई राजदूतको सुनुवाइ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

संसदीय सुनुवाइ समितिले दुई देशको राजदूतमा प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गरेको छ । समितिको बिहीबार बसेको बैठकले युनाइटेड अरब इमिरेट्स (युएई)का लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालको सुनुवाइ गरेको हो । 

प्रस्तावित राजदूतहरुले आफूले जिम्मेवारी पाए दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न भूमिका खेल्ने बताए । बैठकमा बोल्दै युएईका लागि प्रस्तावित नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आफ्ना लागि यो एउटा अवसर भएकाले त्यहाँ रहेका नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए । 

उनले देशको हितका लागि आवश्यक कामलाई त्यहाँको सरकारसँग समन्वय र सल्लाह गरेर अघि बढाउने, दुईपक्षीय सम्बन्ध सुधार र विस्तारका लागि काम गर्ने प्रतिबद्धता जनाए । 

बैठकमा कुवेतका लागि प्रस्तावित राजदूत घनश्याम लम्सालले आफू संसदीय समितिबाट अनुमोदित भएपछि कुवेतमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमानलाई ध्यान राखेर काम गर्ने बताए । त्यहाँ रहेका नेपाली नागरिकको हक, हितका विषयमा केन्द्रित भई काम गर्ने उनले बताए । 

समितिको बैठकमा सांसदहरुले राजदूतहरुले नियुक्त भएको देशमा पुगेपछि विश्रामस्थलको रुपमा लिने गरेको भन्दै आगामी दिनमा त्यसो नगर्न सचेत गराए । राजदूत नियुक्त भइसकेपछि सम्बन्धित देशमा रहेका नेपाली नागरिकको हक हित सुनिश्चित गर्न जोड दिन आग्रह गरे । 





  • प्रकाशित मिति : साउन १८, २०८० बिहीबार १५:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया