logo-img

अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । 

मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाए पनि एउटा फरक यात्राको आरम्भ गर्ने बताएका छन् । 

लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालीन खेलाडीको रूपमा परिचित छन् । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यु–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए । 

यु–१७, यु–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आइसिसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए । 

पूर्व कप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि प्रभावकारी प्रदर्शन गर्न नसके बस्नु उचित नहुने ठानेर सन्यास लिएको बताए । 

उनले भने, ‘मैले राष्ट्रिय टोलीबाट सकेको दिए, तर अब त्यस्तो रिजल्ट दिन सक्छु जस्तो लागेन त्यसैले सक्रिय खेलाडीबाट बाहिरिने निर्णय गरे, क्रिकेटसँग भने कुनै न कुनै रूपमा जोडिरहने छु ।’ 



ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एक दिवसीय र ४५ वटा टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले ७७ वटा लिस्ट ए क्रिकेटमा १ हजार ८०२ रन बनाएका छन् । 



  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १४:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया