logo-img

यु-१९ साफ च्याम्पियनसिपका लागि दुई करोड ६० लाख ७२ हजारको बजेट पारित

अखिल नेपाल फुटबल संघ एन्फाले १९ वर्षमुनिको साफ च्याम्पियनसिप आयोजनाका लागि दुई करोड ६० लाख ७२ हजार रुपैयाँको बजेट पारित गरेको छ । 

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको पाँचौँ कार्यसमिति बैठकले १ लाख ९८ हजार २८६ अमेरिकी डलर अर्थात् २ करोड ६० लाख ७२ हजार रुपैयाँको बजेट पारित गरेको हो।

असोज ४ देखि १३ गतेसम्म काठमाडौंमा प्रतियोगिता हुँदै छ । त्यसको टिकेटिङ अधिकारका लागि न्यूनतम १५ लाख कायम गर्दै एन्फाले १५ दिने सूचना जारी गर्ने निर्णय गरेको छ । 

बैठकले साधारण र भिआइपी तर्फको टिकटदर क्रमशः १०० र ३०० रुपैयाँ तोकेको छ। एन्फा प्रवक्ता सुरेश शाहका अनुसार बैठकले महिला फेन्चाइज लिगको ब्रोडकास्टिङ र डिजिटल राइट्स नेपाल स्पोर्टस् सेन्टर प्रालिलाई र फुटसल लिगको मार्केटिङ, ब्रोडकास्टिङ र डिजिटल राइट्स डिजिफल्याई ब्राण्डिङ एजेन्सीलाई प्रदान गर्ने निर्णय गरेको छ । 

एन्फाले गत मार्च २२ देखि ३१ सम्म आयोजना भएको थ्री नेसन कप २०२३ को प्रथम पुरस्कार पाँच हजार अमेरिकी डलर राष्ट्रिय टिमका खेलाडीलाई दामासाही रुपमा वितरण गर्ने निर्णयसमेत गरेको छ।

संघको विशेष साधारण सभा ०८० भाद्र २४ गते तथा नियमित साधारण सभा ०८० आश्विन २९ गते आयोजना गर्ने निर्णय गरेको बैठकले एन्फाको खरिद समिति महेन्द्र क्षेत्रीको संयोजकमा तीन सदस्यीय समिति गठन गरेको छ।



त्यसैगरी, राष्ट्रिय फुटबल टोलीमा खेलको दौरान घाइते भएका राष्ट्रिय खेलाडीको उपचार गर्दाको बिलअनुसारको सम्पूर्ण खर्च एन्फाले भुक्तानी गर्ने निर्णयसमेत गरेको छ । 



  • प्रकाशित मिति : साउन २०, २०८० शनिबार १७:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया