logo-img

ओलीलाई भण्डारीको प्रश्न- देशलाई अप्ठ्यारो परेको बेला संसद् अवरुद्ध किन ?

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब-जब नेपाललाई अप्ठ्यारो परेको छ तब-तब संसद् बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद भण्डारीले भ्रष्टाचारका ठूला काण्ड हुँदा सदन अवरुद्ध हुने गरेको चर्चा गरे । 

उनले भने, ‘अहिले नेपालमा ठूला ठूला भ्रष्टाचारको काण्ड सार्वजनिक हुँदा नेपालको सदन बन्द भएको छ । त्यसैले नेपालका पार्टी भित्र जहाँ सहि कुरा तिर नेपाल अगाडि बढ्छ त्यसलाई  काम गर्न दिइँदैन । प्रतिपक्षी दलका केपी ओलीलाई पनि म यो भन्न चाहन्छु । ’ 

सांसद भण्डारीले राम्रो काम होस भ्रष्टाचार नहोस् भन्ने कुरामा समय धेरै गएको र यसप्रति युवाहरूको असन्तुष्टि देखिनु स्वाभाविक भएको बताए । उनले भने, ‘यो देशमा नेताहरूले राम्रो काम गरेको भए आज युवा जति विदेश जान्थे त ? नराम्रो भित्र राम्रो खोजेको हो नि ? राम्रो त गर्दै गरेनन् नि ? यो मुलुकमा त ।’  





  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार १८:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया