logo-img

बझाङमा बिरीजात मेलाको रौनक, भलिबलदेखि देउडा प्रतियोगिताको आयोजना
फाइल तस्बिर, तस्बिर सौजन्य : बसन्त मण्डेल

बझाङको प्रसिद्ध बिरीजात मेलाको अवसरमा जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–७ मा विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । मेला मूल आयोजक समितिले वडा नम्बर ७ मा भलिबल, नृत्य र देउडा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

वडाध्यक्ष विजयबहादुर धामीका अनुसार यही १५ भदौदेखि सुरु हुने प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कारको व्यवस्थासमेत राखिएको छ । भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ६ हजार र सान्त्वना पुरस्कार ४ हजार रुपैयाँ तोकिएको वडाध्यक्ष धामीले जानकारी दिए ।    

यस्तै, ढाँका नाचमा सम्मान ६ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । महिला देउडा गीततर्फ १८ हजार पुरस्कार रकम तोकिएको मेला मूल आयोजक समितिका संयोजकसमेत रहेका वडाध्यक्ष धामीले जानकारी दिए ।

उनले आगामी दिनमा मेलाको प्रचारप्रसार र प्रवर्द्धनका लागि थप कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको बताए । ‘बिरीजात मेला यहाँको पहिचान हो, यसको संरक्षण/सम्वर्द्धन गर्नु जनप्रतिनिधि, सरोकारवाला, स्थानीय सबैको कर्तव्य हो । विगतजस्तै यसपटक पनि हामीले मेलाको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौँ,’ वडाध्यक्ष धामीले भने, ‘आउँदो वर्षहरूमा बिरीजात मेलाको महत्व दर्साउने खालका गतिविधिमा थप काम गर्नेछौँ । यस ऐतिहासिक मेला भर्नका लागि आइदिनहुन पनि म सबैमा अनुरोध गर्दछु ।’

मेला सुर्मादेवी मन्दिर बुडखोरी तथा मजखोरीमा लाग्ने गर्दछ । बिरीजात मेला भर्नका लागि बझाङका धेरै स्थानीय तहका साथै बाहिर जिल्ला बसोवास गर्दै आएका मानिसहरू पनि यहाँ आइपुग्ने गरेका छन् ।      





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २२:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया