logo-img

सरकारले डेंगुको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्नुपर्छ : ज्ञानेन्द्र कार्की

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सत्तारुढ नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु रोगको उपचारका लागि विशेष अस्पतालको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

डेंगु रोगबाट गृह जिल्ला सुनसरीमा मात्रै १४ हजार २६५ जना सङ्क्रमित भएको पछिल्लो तथ्याङ्क प्रस्तुत गर्दै उनले त्यसको उपचारका लागि विशेष अस्पताल र औषधि तथा आवश्यक स्वास्थ्य सामग्रीको उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।  

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले देशभर भयावहरूपमा फैलिएको यो रोगबाट उपचारको अभावमा कुनै पनि नागरिकको ज्यान जान नदिन सरकार सचेत भएर लाग्नुपर्ने आवश्यकता समेत औंल्याए । 

सांसद कार्कीले डेंगु रोग नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्न सरकारलाई सचेत गराए । 





  • प्रकाशित मिति : भदौ १२, २०८० मंगलबार १२:५२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया