logo-img

शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको पूजापाठ [तस्बिरहरू]

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङतर्फका स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै विरोध गरेको छ । 

बुधबार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्कवृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईँको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रिय सदस्य मदन उपाध्यायले नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गरेको बताए  । उनले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्कवृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए । उनले त्रिभुवन विश्वविद्यालयको भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताए ।

उनले भने, ‘नेपाल विद्यार्थी संघका नेता सुलभ चापागाईं आमरण अनुसनमा हुनुहुन्छ, स्वास्थ्य अवस्था जटिल छ । नेपाल विद्यार्थी संघले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमुलक आन्दोलन गर्दै आएका थियौँ । बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन गर्यौं । हाम्रो निदाएको भिसी ब्युँझनुपर्छ, उहाँको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उहाँले आनाकानी गरिरहनुभएको छ । उहाँलाई आज सन्देश दिनका लागि हामीले हवन गरेका हौँ ।’

त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बिइबी आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो । 





 

  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १२:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया