logo-img

राष्ट्रपति पौडेलसमक्ष तीन मुलुकका राजदूतले पेस गरे ओहदाको प्रमाण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्


राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न देशका तर्फबाट नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन् । 

सोमबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नवनियुक्त राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । 

ओहदाको प्रमाण पेस गर्नेहरुमा नेपालका लागि कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अल अन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभियर मान्युयल पौलिनिच भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कोन रहेका छन् ।

सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो । ओहदाको प्रमाणपत्र बुझाउने राजदूतहरुलाई होटल र्याडिसनदेखि शीतलनिवाससम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो । 





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १९:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया