logo-img

राष्ट्र बैंकले करारमा माग्यो कर्मचारी

नेपाल राष्ट्र बैंकले करारमा ३० जना कर्मचारी माग गरेको छ । केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिकतर्फका कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत पदपूर्ति गर्न लागेको जनाएको छ । 

इच्छुकले यही १५ असोजभित्र आवेदन दिन सक्ने छन् । ४५ वर्ष उमेर ननाघेकाले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंकका अनुसार आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तर्वार्ता दुवै वा अन्तर्वार्ता मात्रै हुनेछ । 
 





  • प्रकाशित मिति : असोज १, २०८० साेमबार १२:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया