logo-img

यति एयरलायन्स दुर्घटनाको प्रतिवेदन आठ महिनापछि पर्यटनमन्त्रीलाई बुझाइयो

आठ महिनाअघि दुर्घटनामा परेको यति एयरलायन्सको जहाजबारेको छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई प्रतिवेदन बुझाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सो दुर्घटनामा परेर ७२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको एटिआर विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको हो । 

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक गरिनेछ । 

सो जहाज प्राविधिक कारणले दुर्घटना नभएर चालक दलका सदस्यको लापरबाहीले भएको प्रतिवेदनमा उल्लेख छ । 

घटनालगत्तै सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले यसअघि प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै यतिको दुर्घटना मानविय (चालक दल)का कारण भएको जनाएको थियो । 

पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको उक्त घटनामा चालकदलका ४ सदस्य र ६८ यात्रु थिए । सबैको घटनास्थलमै मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार २२:४७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया