logo-img

नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक पनि भएको बताएका छन् । बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेस गरेको बताए । 

‘यो विकृतिको सबैभन्दा चरमसीमा जस्तो देखिन्छ । मुलुकको प्रमुख तत्त्व के हो भन्ने कुरा नबुझेको जस्तो लाग्छ,’ भण्डारीले भने, ‘नेपालको कानुन कति निरीह छ भनेर यहीँबाट प्रस्ट हुन्छ । नेपालको कानुनदेखि कोही डराउँदैनन् ।’
 
उनले अहिले डाक्टरहरू आन्दोलनमा भएको र मानिसको जीवनसँग जोडिएका डाक्टरहरूमाथि हातपात गर्नु भनेको दुखद कुरा भएको बताए । 

यो विकृति बेथिति अन्त्य गर्नका लागि कानुन बलियो हुनुपर्ने उनको भनाई छ । कानुनले गलत प्रवृत्ति, संस्कार र लोभ लालचमा लागेर आत्मसमर्पण गर्न नहुने भण्डारीले बताए । 





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार १७:५४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया