logo-img

सुवास नेम्वाङको क्षेत्रबाट उपचुनाव लड्ने एलिजा गौतमको घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभिनेत्री एलिजा गौतमले इलाम–२ बाट उपनिर्वाचन लड्ने घोषणा गरेकी छन् । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधनपछि उक्त क्षेत्रको सांसद पद रिक्त छ । 

उनले आफू इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको, तर कुन पार्टीबाट उठ्ने निश्चित नभएको बताएकी हुन् । 

एलिजाले केही समयअघि मात्रै नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी थिइन् । ‘कुराकानी धेरैसँग भएको छ,’ उनले भनिन्, ‘म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु ।’

पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले आफ्नै निर्माणमा बनेको चलचित्र अनुराग र केही म्युजिक भिडियोमा अभिनय गरेकी छन् । 

इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।





  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १८:३७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया