logo-img

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस

सरकारले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक पेस गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विधेयक प्रतिनिधिसभामा  पेस गरेका हुन् ।

मन्त्रिपरिषदबाट पारित भएर संघीय संसदसचिवालयमा दर्ता भएको उक्त विधेयकलाई आज संसदमा पेस गरिएको हो । विधेयकमा प्रस्ताव गरिएका केही व्यवस्थामाथि नेपाल शिक्षक महासंघ र शैक्षिक सरोकारवाला निकायहरूले आपत्ति जनाएका छन् ।

महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन गर्न आएका शिक्षकहरूले करिब एक सातासम्म विधेयक विरुद्ध आन्दोलन नै गरेका थिए । सरकारले उनीहरूका मागलाई सम्बोधन गर्ने सहमति जनाएपछि आन्दोलन स्थगित भएको छ । 





  • प्रकाशित मिति : असोज १४, २०८० आइतबार १५:३९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया