logo-img

मेनुका पौडेलले ‘इण्डियन आइडल’ मा जितिन् गोल्डेन माइक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली गायिका मेनुका पौडेलले ‘इण्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् । अडिसनमा उनले ‘तुम्हारेबिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन गाएकी थिइन् । गोल्डेन माइकसँगै उनी शीर्ष १५ मा छानिएकी छन् ।  

मेनुकाले गीत गाउँदै गर्दा सोका निर्णायकमध्ये श्रेया घोसाल र  विशाल डिडलानी रोएका थिए । सोका निर्णायक सबैले मेनुकाको गायनको तारिफ समेत गरेका थिए । 

झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् ।   





  • प्रकाशित मिति : असोज २१, २०८० आइतबार १२:५५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया