logo-img

छुटे ‘प्रसाद २’ विवादमा पक्राउ परेका ‌अग्रवाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फिल्म ‘प्रसाद २’ को विवादमा पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई हाजिरी जमानीमा छाडिएको छ । आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयको अनुमतिमा जिल्ला प्रहरी परिसर काठमाडौंले अग्रवाललाई हाजिरी जमानीमा छाडेको हो ।

अग्रवाललाई उनका कानुनी सल्लाकार आशिष श्रेष्ठ वैद्यको जिम्मा जमानीमा छोडिएको जिल्ला प्रहरी परिसर काठमाडौं एक अधिकारीले जानकारी दिए । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार काठमाडौं महानगरपालिका–२९ बाट पक्राउ गरेको थियो ।  

उनीविरुद्ध ‘प्रसाद २’ का निर्माताले आफ्नो मन्जुरीबिनै स्वदेश तथा विदेशमा फिल्म प्रसारण गरी आफूलाई १ करोड ५० लाख रुपैयाँ नोक्सान पुर्‍याएको भन्दै साउन १० गते जाहेरी दिएका थिए । 





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार ७:४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया