logo-img

प्रकाशमान सिंहको आग्रह : बाँझो खेतलाई उत्पादनमा लैजान नीति बनाऔँ
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए । 

सिंहले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्नेमा पनि जोड दिए । उनले लाखौँलाख युवाहरू विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न कांग्रेस अग्रसर हुनुपर्ने बताए ।  

‘नेपाल कृषिप्रधान देश भनिन्छ, तर नाम मात्रैको कृषि प्रधान देश भएको छ । किनभने खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको छ । जिल्लामा जाँदा खेत बाँझो छ, त्यसलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ । दशैँमा बजार अनियन्त्रित भइरहेको छ । त्यसलाई नियन्त्रण गर्न हामी सरकारमा छौँ, जोड दिनुपर्छ, यत्तिकै चल्छ भनेर हुँदैन,’ सिंहले भने, ‘इकोनोमी नै इम्पोर्टको आधारमा चलिरहेको छ । विदेशमा युवा पठाएर रेमिटेन्सबाट देश कति दिन चल्छ ? यसमा गम्भीर हुनुपर्छ । सकेसम्म चाँडो नीति पास गरेर त्यहीअनुसारका कार्यक्रम ल्याउनुपर्छ ।’ 

उनले दसैँमा बजार अनियन्त्रित भइरहेको भन्दै नियन्त्रण गर्न कांग्रेसले सरकारलाई घच्घच्याउनुपर्ने बताए ।  





  • प्रकाशित मिति : असोज २६, २०८० शुक्रबार १८:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया