logo-img

सामाजिक सञ्जालबाट हुने गलत सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍यायो : मन्त्री खड्का

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सामाजिक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍याएको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित ‘नेपालमा इन्टरनेट र मिथ्या सूचना, लोकतन्त्र र प्रेस स्वतन्त्रतामा चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालबाट हुने गलत र भ्रमपूर्ण सूचना प्रवाहले लोकतन्त्रको स्वस्थकर अभ्यासमा आघात पुर्‍याउनका साथै लोकतन्त्रको प्राण समेत मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको बताए ।

उनले भने,‘सामाजिक सञ्जालबाट हुने गलत भ्रमपूर्ण सूचना प्रवाह र घृणात्मक संवाद लोकतन्त्रको स्वस्थकर अभ्यासले आघात पुर्‍याउने गरेको सबैले अनुभव गरेको साझा सत्य हो । यस किसिमको सूचना र संवादले लोकतन्त्रको प्राण समेत मानिने प्रेस जगतलाई समेत प्रत्यक्ष असर पारेको हुन्छ । त्यस तर्फ सजग हुनुपर्छ ।’

उपप्रधानमन्त्री खड्काले देशमा सूचना प्रविधिको तीव्र विकासले अवसरसँगै चुनौती पनि सिर्जना गरेको बताए । देशमा सूचना प्रविधिको तीव्र विकासले अवसरसँगै चुनौती सिर्जना गरेको भन्दै राष्ट्रिय सुरक्षाको हिसाबले सो चुनौतीलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाई छ । 

उनी भन्छन्,‘हाम्रो देशमा सूचना प्रविधिको तीव्र विकासले एकातिर विभिन्न क्षेत्रमा विभिन्न अवसरहरूको सृजना गरेको छ भने अर्कोतिर केही चुनौती पनि सृजना गरेका छन् । राष्ट्रिय सुरक्षाको हिसाबले दृष्टिगत समेत यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १२:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया