logo-img

खाद्यान्न र चिनी सहज आपूर्ति हुन्छ, सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाडपर्व नजिकिएसँगै खाद्यान्न अभाव, महँगी नियन्त्रण जस्ता कामहरूमा सरकार लागिरहेको बताएका छन् । बिहीबार दसैँको अवसरका शुभकामना दिँदै उनले सबै सांस्कृतिक पर्वहरूले नेपालीहरू जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काम गरेको बताए । 

उनले भने, ‘खाद्यान्न आपूर्ति तथा चिनीको समस्या आजदेखि  हल हुने भएको छ । त्यसका साथसाथै महँगीले गर्दा जनतालाई अलि असहज हुन्छ कि भन्ने थियो । त्यस कारण जनताको लागि सुपथ व्यवस्थादेखि कृत्रिम अभाव र महँगी नहोस् भन्नका लागि अनुगमन प्रक्रियालाई अझ बढी प्रभावकारी बनाउने कोसिस गरिएको छ ।’

उनले अगाडि भने, ‘यी सबै सांस्कृतिक पर्वहरू नै हुन् जसले हामी नेपालीहरू जो जहाँ गए पनि एउटै सूत्रमा बाँध्ने काममा महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

यस्ता ऐतिहासिक सांस्कृतिक पर्वहरूको सम्बन्धमा देशमा कुनै अप्रिय घटना नहोस्, जनतालाई कुनै असुविधा नहोस्, खाद्यान्न लगायत उपभोग्य वस्तुहरू सहज आपूर्ति र निरन्तर भइरहोस् भन्ने कुरामा सरकार जिम्मेवार रहेको उनको भनाई छ । 





  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार १५:३६:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया