logo-img

विश्वकपमा वार्नरको विस्फोटक ब्याटिङ, १२४ बलमा बनाए १६३ रन

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ओपनिङ ब्याटर डेविड वार्नरले शतकीय पारी खेलेका छन् ।

उनले शुक्रबार पाकिस्तानविरुद्ध १२४ बलमा १४ चौका र ९ छक्कासहित १६३ रनको पारी खेलेका हुन् । एकदिवसीयमा वार्नरको यो २१औँ शतक हो । योसँगै उनी जारी विश्वकपको एक खेलमा उच्च स्कोर बनाउने ब्याटर पनि बनेका छन् ।  

यस्तै, पाकिस्तानविरुद्ध अर्का ओपनर मिचेल मार्शले पनि शतकीय इनिङ खेले । १०८ बलको सामना गरेका मार्शले ९ छक्का र १० चौकाको सहयोगमा १२१ रन बनाए । एकदिवसीय करियरमा उनको यो दोस्रो शतक हो ।

मार्श र वार्नरबीच पहिलो विकेटका लागि २०३ बलमा २५९ रनको साझेदारी बन्यो । बैंग्लोरको एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ४५ ओभरमा ५ विकेट गुमाएर ३ सय ४० रन बनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार १७:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया