logo-img

कोशी मन्त्रिपरिषद् विस्तारमा एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी

कोशी मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट बनेको नेकपा एमाले सरकारबाट बाहिरिने सम्भावना बढेको छ । ​मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले आफूसँग सहमति नगरेको भन्दै एमालेले सरकार मनसाय गरेको हो । 

कोशी सरकारमा एमालेका राम राना बिनाविभागीय मन्त्री छन् । असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले त्यसबेला एमालेका राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।

शुक्रबार माओवादीबाट मोरङका गणेश उप्रेती र एकीकृत समाजवादीबाट पाँचथरका कमल जबेगुलाई मन्त्री नियुक्त गरिएको हो । एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोलि शनिबार बैठक बसेर छलफल गरिने बताए ।

बैठकमा छलफलपछि सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय गरिने भण्डारीले जनाए । एमालेले माओवादी, एकीकृत समाजवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने बताउँदै आएको थियो ।

गठबन्धनमा आबद्ध दल माओवादीले भने एमालेले सरकार छाड्नुपर्ने बताउँदै आएको छ । एमालेको समेत समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार ९:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया