logo-img

कोशी सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्रीले सहमति पालना नगरेको आरोप

नेकपा एमालेले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट मन्त्री थपेपछि असन्तुष्ट भएको एमाले सरकारबाट बाहिरिएको हो ।  

शनिबार बिहान मुख्यमन्त्री कार्कीलाई मन्त्री रामबहादुर राना मगरले राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले सहमतिअनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ । 

उनी बिनाविभागीय मन्त्री थिए । एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीले शुक्रबार माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्रीलाई सपथ गराएका थिए । 

लगत्तै एमालेले सरकारबाट बाहिरिने बताएको थियो ।  





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १०:३३:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया