logo-img

तामाङ मोजाम्बिक र सुवेदी इटालीको राजदूतमा नियुक्त

दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरिएको छ ।  

यस्तै, स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका निम्ति गैरआवासीय नेपाली राजदूत तोकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत तामाङ र सुवेदीलाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर १४, २०८० बिहीबार १४:१७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया