logo-img

धितो पत्र बोर्डले आइपिओ, हकप्रद, एफपिओ निष्कासन रोक्न हुँदैन  : अध्यक्ष ढकाल
फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइपिओ, हकप्रद, एफपिओ निष्कासन रोक्न नहुने बताएका छन् । महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितो पत्र आइपिओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनको लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आइपिओ निष्कासन स्थगित गर्नु नहुने बताए । अध्यक्ष ढकालले संघीय, प्रदेश र स्थानीय सरकारहरूले समेत लगानी सम्मेलन गरिरहेको बताए । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरू आइपिओ निष्कासनको  तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए ।

उनले मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरू पूरा गरेका कम्पनीहरूको आइपिओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय बिस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन  समस्या पर्ने थालेको बताए । उनले सरकार र धितो पत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आइपिओ निष्कासन तत्काल अनुमति दिन आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आइपिओ निष्कासनको लागि तयारी गरेका कम्पनीहरूलाई अटो पाइलटको रूपमा आइपिओ निष्कासनमा जाने व्यवस्था गर्नुपर्ने बताए । उनले सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउने प्राथमिकता दिएको बताए । उनले सर्वसाधरणहरूलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रूपमा आइपिओ निष्कासन अनुमति दिन आवश्यक रहेको बताए ।

उनले समग्र लगानी र सरकारले लिन खाजेको उद्योग व्यवसायी बढाउने नीतिमा समेत आइपिओ निष्कासन रोक्दा गलत सन्देश जान लागेको बताए । आइपिओ निष्कासन रोक्दा आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय लगानीमा समेत गलत सन्देश जाने भन्दै सरकारले तत्काल प्रक्रिया पूरा गरेका कम्पनीहरूलाई आइपिओको अनुमति दिन आवश्यक रहेको बताए । 

उनले सरकारको कर्जा नीतिको कारण केही कम्पनीहरूको बैंकहरुबाट कर्जा लिन नसकेको अवस्थामा त्यस्ता कम्पनीहरूलाई आइपिओ निष्कासन अनुमति दिँदा व्यवसायीहरुले भोग्दै आएको आर्थिक मन्दिलाई समेत सहयोग पुग्ने अपेक्षा रहेको बताए । उनले आइपिओ निष्कासनले वर्तमान आर्थिक समस्या समेत केही सहज बनाउने उल्लेख गरे ।  





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार १२:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया