logo-img

गाजामा युद्धविराम गर्ने पक्षमा नेपाल, अमेरिकालगायत १० देश विपक्षमा

नेपालले गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा मतदान गरेको हो ।

यसअघि गत अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो । नेपालसहित एक सय ५३ वटा देशले युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेका हुन् ।

अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । गए राति भएको मतदानमा राष्ट्रसंघका एक सय ९३ सदस्य राष्ट्र सहभागिता जनाएका थिए । बेलायतसहित २३ देशले भने मतदानमै भाग लिएनन् । 

महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ । नेपालबाट इजरायल पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको छ । 

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले सोमबार कतारका प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट गरी जोशीको रिहाइमा भूमिका खेलिदिन आग्रह गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २७, २०८० बुधबार १६:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया