logo-img

शंकर पोखरेलको दाबी : मेची-महाकाली यात्राले जनतामा उत्साह थप्यो
फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची-महाकाली यात्राले जनतामा उत्साह थपेको दाबी गरेका छन् । बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मध्यपहाडी राजमार्ग आधारित यात्रा ठीक समयमा लिएको ठीक निर्णय लिएको भन्ने पुष्टि भएको बताए ।

पोखरेलले जनतामा निराशा पैदा गर्ने अवस्थालाई यात्राले उत्साह थपेको बताए । उनले गठबन्धन सरकारसँगको असफलतासँग जोडिएर सिंगो प्रणालीमाथि प्रहार भइरहेको अवस्थालाई मध्यपहाडी यात्राले असफल बनाएको बताए ।

पोखरेलले यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा अघि बढ्न आधार तयार भएको बताए । उनले पूर्वाधारको विकास र बसाईंसराइको प्रवृत्तिबारे पनि अध्ययन भइरहेको बताए । 

महासचिव पोखरेलले मध्यपहाडी क्षेत्र भविष्यको आधार भएको बताए । मध्यपहाडी यात्रा जनतामा फैलिँदै गइरहेको निराशालाई तोड्ने कुरामा सर्वाधिक सफल भएको उनको दाबी छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १२:४१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया