logo-img

प्युठानमा जन्ती बोकेको स्कार्पियो दुर्घटना : एक जनाको मृत्यु

प्युठानमा जन्ती बोकेको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ऐरावती गाउँपालिका–२ बरौलाबाट खलङ्गाको बुढाचौर जन्ती लिएर आउँदै गरेको स्कार्पियो बरौलाको मोती माध्यमिक विद्यालयको पुरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बिहान ११ः२० बजे लु ३ च ६८७४ नं को स्कार्पियोको अगाडिको टायर पञ्चर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।

दुर्घटनामा स्कार्पियोको अगाडि बाटोमा हिँडेका मल्लरानी गाउँपालिका–३ का वडासदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा घाइते भएकाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।  





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार १४:१५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया