logo-img

सिडिओसहित २५ सहसचिवको सरुवा, को कहाँ ? [सूचीसहित]

गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले पाल्पा, कपिलवस्तु, सुर्खेत, भोजपुर, उदयपुर, मोरङ, पर्सा, रौतहट, गोरखा, कैलाली, नवलपरासी (पश्चिम), बैतडी, बर्दिया, सल्यान, सिन्धुली र स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्दै रिक्त जिल्लामा पनि सरुवा तथा पदस्थापन गरेको हो । 

सहसचिव प्रेमप्रसाद भट्टराई मोरङको सिडिओ भएका छन् । त्यहाँका वीरेन्द्रकुमार यादव गृह मन्त्रालय ल्याइएको छ । यस्तै, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट सरुवा भइ आएका भरत खनाललाई सिन्धुलीको प्रजिअ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएका भोला दाहाललाई जिल्ला प्रशासन कार्यालय गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । 

हेर्नुहाेस् सरुवा हुनेको सूची :





  • प्रकाशित मिति : मंसिर २९, २०८० शुक्रबार २१:३९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया