logo-img

एन्फाको विवाद मिलाउलान् पदाधिकारी ?

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले राजनीतिक गतिविधिहरूलाई थाँती राखेर फुटबल विकासको लागि अघि बढ्न आवश्यक भएको बताएका छन् । 

आज एन्फाको कार्यालयमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले अहिलेको तरिकाले फुटबलको विकास सम्भव नभएको भन्दै सबै पदाधिकारीहरूलाई यसमा सक्दो सहयोगका साथ अगाडि बढ्न पनि आग्रह गरे । 

उनले भने, ‘फुटबलभित्र कतिपय राजनीतिक कुराहरू हुन्छन् होला तर त्यो सबै कुरालाई थाँती राखेर नेपाली फुटबललाई मैदान राम्रो तरिका अगाडि जानुपर्छ किनभने नेपाली फुटबलको विकासको लागि भनेर नै हामी सबैले राजनीति गरिरहेको हो, राजनीतिक गतिविधिभन्दा पनि यसको विकासको लागि बढी समय खर्च गर्नुपर्छ । अहिलेको तरिकाले यसको विकास सम्भव छैन, त्यस कारण सबै पदाधिकारीहरूलाई यसमा सक्दो सहयोगका साथ अगाडि बढ्नुपर्ने छ । यसको प्रचुर सम्भावना पनि छ ।’

यस्तै, पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले नयाँ समझदारी र तरिकाले फुटबललाई लानको लागि मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

उनले भने, ‘फुटबलमा नयाँ समझदारी कायम गर्ने, नयाँ तरिकाले फुटबललाई अगाडि लानको लागि मिलेर अगाडि बढ्ने जानकारी गराउनको लागि म उपस्थित भएको छु । महासचिवले फुटबलको क्षेत्रलाई मिलेर अगाडि बढ्ने कुरा गर्नु भएको छ, त्यसलाई आत्मसाथ गरेर हामी यहाँ आएका छौँ। यसलाई नै आधार मानेर आउने दिनहरूमा अगाडि बढ्नु पर्छ ।’  





  • प्रकाशित मिति : मंसिर ३०, २०८० शनिबार १४:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया