logo-img

प्रस्तावित न्यायाधीश पौडेल र ढुंगानाको संसदीय सुनुवाइ सकियो

सर्वोच्च अदालतका प्रस्तावित ६ मध्ये महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको संसदीय सुनुवाइ भएको छ । आइतबार संघीय संसद् संसदीय सुनुवाइ समितिसमक्ष उपस्थित भई उच्च अदालतका न्यायाधीशद्वय पौडेल र ढुंगानाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् । 

उनीहरूले न्याय ढिलो र महँगो भएको स्वीकार्दै संविधानको संरक्षण र संवैधानिक नैतिकताको सुदृढीकरण, अदालतको क्षेत्राधिकार पुनरावलोकन, पाचौँ रणनीति योजनाको तर्जुमा र कार्यान्वयनको प्रभावकारिताका लागि प्रतिबद्धता जनाए । 

प्रस्तावित न्यायाधीश पौडेलले सर्वोच्चको कार्यबोझ घटाउन संविधान तथा कानुन परिमार्जनको आवश्यकता रहेको बताए । उनले पेस गरेको कार्य योजनामा अदालतमा अहिले मुद्दाको संख्या वृद्धि हुने क्रम रहेको भन्दै कार्यबोझ घटाउन कानुन संशोधन गरेर जिल्ला र उच्च अदालतलाई थप कार्यभार दिनुपर्ने उल्लेख गरे । 





  • प्रकाशित मिति : पुस १, २०८० आइतबार १८:२४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया