logo-img

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्–श्रीमतीसिहत पाँचको मृत्यु, ९ जना घाइते
फाइल तस्बिर

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना पाँचजनाको मृत्यु भएको छ । गएराति १० बजेतिर भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाहीको मृत्यु भएको हो । 

सोही वडाको डाँडा भन्ने स्थानका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको छ।

रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाट वडा नम्बर ८ स्थित घर्तीगाउँ जाँदै गरेको भूकम्प पीडितको जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा ९ जना घाइते भएका छन् । आठबीसकोट–८ का १४ वर्षीय दलबहादुर पुन, ३४ वर्षीया रमा गुरुङ, ३६ वर्षीय जयबहादुर घर्ती, ४१ वर्षीय खडकबहादुर पुन, ४२ वर्षीय मदन पुन, ५१ वर्षीय जगवीर सार्की, ५६ वर्षीय कुमार घर्ती र ५८ वर्षीय मने सार्की घाइते भएका हुन् । यस्तै, वडा नम्बर १० का ३८ वर्षीय रमेश सार्की पनि घाइते भएका छन् । 

घाइतेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि ट्याक्टरका चालक आठबीसकोट–९ का २१ वर्षीय गोपाल विक फरार रहेका छन् । 





  • प्रकाशित मिति : पुस ५, २०८० बिहीबार ७:८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया