logo-img

सामाजिक सञ्जालले चुनौती निम्त्यायो, सामना गर्न सामूहिक प्रयास आवश्यक : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौती सामना गर्नु साझा दायित्व भएको बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित दोस्रो चाइना नेपाल मिडिया समिटलाई सम्बोधन गर्दै उनले, सामाजिक सञ्जालको बढ्यो प्रयोगले, निम्त्याएका चुनौतीहरूको सामना गर्नु सबैको साझा दायित्व भएको भन्दै यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माण भइरहेको बताइन् । 

उनले भनिन्, ‘सामाजिक सञ्जालको बढ्यो प्रयोगले निम्त्याएका चुनौतीहरूको सामना गर्नु पनि हाम्रो साझा सरोकार हो । नेपालमा यसको प्रयोगलाई सुरक्षित र व्यवस्थित बनाउन कानुन निर्माणको प्रक्रिया हामीले अगाडि बढाएका छौँ ।’
 
मन्त्री शर्माले सम्मेलनमा सूचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर, चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनियाँ मिडियाहरूले के गरिरहेको छ भन्ने कुरा छलफल हुने विश्वास व्यक्त गरिन् । 

उनले भनिन्, ‘सूचना प्रविधिका पछिल्ला आविष्कारहरू प्रयोग गर्दै सबै खाले मिडियाहरूलाई राम्रो प्लेटफर्ममा लानु अनिवार्यता भइसक्यो । सूचना प्रविधिले मिडिया क्षेत्रमा ल्याएका अवसर र चुनौती तथा आर्थिक संकुचनका कारण बढ्दो संकट समाधान गर्न चिनियाँ मिडियाहरूले के गरिरहेका छन् । पक्कै पनि यो विषयमा सम्मेलनमा सार्थक छलफल हुने छ भन्ने विश्वास लिएको छु ।’

त्यस्तै कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफूलाई अगाडि बढाइरहेको बताए । उनले दोस्रो चाइना नेपाल मिडिया समिटबाट नेपालले लिने चीनको प्रविधिसँग जोडिएकमा अनुभवहरू र उत्पादन दुवै नेपालको लागि उपयोगी हुने बताए । 

उनले भने, ‘नेपालको सञ्चार प्रविधिको सन्दर्भमा नेपालले एउटा नयाँ आकांक्षकासाथ आफूलाई अगाडि बढाइरहेको छ । प्रविधिको विकास गरी गर्ने भन्ने विषयमा नयाँ सोचको लागि अगाडि बढेको छ । चीनले प्रविधिको विकासमा आफ्नो छुट्टै पहिचान बनाउन सकेको छ । चीनको प्रविधिसँग जोडिएका अनुभवहरू र उत्पादन दुवै नेपालका लागि उपयोगी हुने छन् । हामीले सदुपयोग गर्न सक्ने छौँ भन्ने मलाई विश्वास छ ।’   





  • प्रकाशित मिति : पुस १०, २०८० मंगलबार १४:५३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया