logo-img

ब्रेन्टफोर्डविरुद्ध वुल्भ्सको सानदार जितमा ह्वाङ ही–चानको दुई गोल

इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले सानदार जित निकालेको छ । गएराति भएको खेलमा उसले ब्रेन्टफोर्डविरुद्ध ४–१ गोल अन्तरको जित निकालेको हो । 

वुल्भ्सको जितमा ह्वाङ ही–चान​ले दुई, मारिओ लेमिना र जेरिन्सर बेलगार्डले एक/एक गोल गरे ।  

ब्रेन्टफोर्डका लागि योने वेइसाले एक गोल फर्काए । १३औं मिनेटमा पाब्लो सर्वियाको पासमा लेमिनाले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाए ।

१४औं मिनेटमा दक्षिण कोरियाका ही–चानले​ले गोल गरेपछि सुरुमै वुल्भ्सले २–० को अग्रता बनायो । तर, १६ औं मिनेटमा ब्रेन्टफोर्डका लागिनिलमुपेको पासमा वेइसाले गोल गर्दै अन्तर २–१ मा झारे । 

२८ औं मिनेटमा ही–चानले​​ले व्यक्तिगत दोस्रो गोल गर्दा उल्भ्स ३–१ को सहज अवस्थामा पुग्यो । उनले टोटी एन्टोनिओ गोमेजको पासमा गोल गरेका हुन् । पहिलो हाफमा ३–१ को अग्रता लिएको वुल्भ्सले दोस्रो हाफमा एक गोल थप्यो । 



७९ औं मिनेटमा बेलगार्डले म्याथ्युजचुन्चाको पासमा गोल गरेपछि ४–१ को जित निकाल्दै स्पष्ट ३ अंक थप्न सफल भयो । वुल्भ्स १९ खेलबाट २५ अंकका साथ तालिकाको ११ औँ स्थानमा रहको छ । 



१८ खेल खेलेको ब्रेन्टफोर्ड भने १९ अंकका साथ तालिकाको १४ औँ स्थानमा छ ।


  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ७:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया