logo-img

क्रिष्टल प्यालेसविरुद्ध चेल्सीको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ । एक/एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को रोमाञ्चक जित निकालेको हो ।

मिखेलो मुडरेकले १३ औँ मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा क्रिष्टलले खेललाई बराबरीमा ल्यायो ।

जाडोर्न अवेइको पासमामिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकियो ।

अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५ औँ मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा चेल्सीले पेनाल्टी पायो । 

८९ औँ मिनेटमा चुकुवुनोन्सो ट्रिस्टनमडुकेले गोल गर्दै चेल्सीलाई २–१ को रोमाञ्चक जित दिलाए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अंकका साथ दसौँ स्थानमा रहेको छ । पराजित क्रिष्टल भने १८ अंकका साथ १५ औँ स्थानमा छ ।
 






  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ७:४८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया