logo-img

काम नगर्ने चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

सरकारले सम्झौताबमोजिम काम नगर्ने चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबारदेखि लागू हुनेगरी चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो । 

जसमा भारतको पश्चिम बंगालका आदित्य सितानीको एम.पी.सितानीएण्ड सन्स, सुर्खेतका सूर्यबहादुर खड्काको सूर्य कन्स्ट्रक्सन र सुरेन्द्रराज अधिकारीको काठमाडौंमा रहेको एलिट कन्स्ट्रक्सन प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो ।

यी तीनकम्पनीले मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय पर्वतबाट ठेक्कालिएर सम्झौता बमोजिम काम नगरेको कार्यालयले जनाएको छ । 

त्यस्तै, पोखरा महानगरपालिकाको सिफारिसमा भावेश बोहरा मुख्य व्यक्ति रहेको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रालिलाई पनि दुई वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार ९:४६:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया