logo-img

जनतालाई अधिकार माग गर्ने चेतना संघीयताले दिएको हो : मुख्यमन्त्री जम्कट्टेल
फाइल तस्बिर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनतालाई ‘अधिकार माग गर्ने चेतना’ संघीयताले दिएको बताएका छन् । आज हेटौँडामा आयोजना भएको ‘तहगत अधिकारको कार्यविस्तृतीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

संघीयता कार्यान्वयनको सुरुआत राम्रो भएको बताउँदै उनले संविधानले दिएका तहगत अधिकार आउन बाँकी नै भएका कारण निराशा हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘जनतामा शिक्षाको, स्वास्थ्यको, रोजगारको, विकासको चेतना संघीयताले दिएको हो ।’

संघीयतासँगै जनतामा अधिकार प्राप्ति र विकासको चेतना जागेको उनको भनाइ छ । उनले तहगत अधिकारका लागि र अवस्थाअनुसारको अधिकारको मोडल निर्माण र कार्यान्वयनका लागि साथै प्रदेशका मुख्य न्यायाधिवक्ता, सचिव र स्थानीय महासंघको सहभागितामा छलफल कार्यक्रम राखिएको बताए ।  





  • प्रकाशित मिति : पुस १२, २०८० बिहीबार १३:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया