logo-img

ईपीएस शाखाको अनुरोध : धर्ना, जुलुस नगर्नुहोला, आफ्नो गन्तव्य जानू

ईपीएस कोरिया शाखाले धर्ना-जुलुस जस्ता कार्य नगर्न आग्रह गरेको छ । सीप बिल्डिङको परीक्षामा सहभागी भएकाले कार्यालय वरपर उपस्थित भएर धर्नाजुलुस गर्न थालेपछि शाखाले यस्तो आग्रह गरेको हो ।  

धर्ना-जुलुसप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको पनि शाखाले उल्लेख गरेको छ । 

‘तोकिएभन्दा बाहेकका सीप बिल्डिङ सेक्टरको परीक्षामा सहभागी परीक्षार्थीहरू यस ईपीएस कार्यालय परिसर वरिपरि उपस्थित भई धर्ना जुलुस जस्ता कार्यहरू गरिरहेको हुँदा यस कार्यालयको ध्यानाकर्षण भएको छ । सो विषयको सम्बन्धमा यस कार्यालय वरिपरि उपस्थित भई धर्ना जुलुस जस्ता कार्यहरू नगरिदिन हुन र आ–आफ्नो गन्तव्य तर्फ गई दिन हुन यस ईपीएस कार्यालय हार्दिक अनुरोध गरिन्छ,’ सूचना भनिएको छ ।

उच्च अदालतको आदेश कार्यान्वयन गर्नेक्रममा १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराइएको ईपीएस कार्यालयले जनाएको छ । बाँकीले फाराम भर्न नपाएपछि भएको आन्दोलनका क्रममा भएको झडपमा आज बालकुमारी क्षेत्रमा दुई युवकको मृत्यु भएको छ । 






  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १६:३८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया