logo-img

बालकुमारी आन्दोलन अपडेट : मृतकको संख्या दुई पुग्यो

ललितपुरस्थित बालकुमारीमा आज बिहान भएको आन्दोलनमा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जानका लागि परीक्षा दिन नपाएपछि विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका युवाहरूको भीडलाई प्रहरीले नियन्त्रण लिन खोज्दा झडप भएको थियो ।

उक्त झडपमा परी घाइते भएका वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको अन्य पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाको छ ।



यसअघि सोही आन्दोलनको क्रममा घाइते भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो ।






  • प्रकाशित मिति : पुस १३, २०८० शुक्रबार १५:४५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया