logo-img

राष्ट्रिय सभाको सिट बाँडफाटबारे कांग्रेस–माओवादीबीच छलफल
फाइल तस्बिर

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनभित्र छलफल सुरु भएको छ । उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरूले भागबन्डाका लागि छलफल थालेका हुन् ।  

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच छलफल भएको छ । प्रदेशमा दलहरुको मतभार र बिदा हुन लागेका सदस्य संख्याबारे आज सामान्य छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । 

उनका अनुसार अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुनेछ । तीन दिनअघि सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अहिलेसकै गठबन्धन सहज भएको निष्कर्ष निकाल्दै राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय गरेको थियो ।   

राष्ट्रपतिबाट मनोनीत एकसहित २० जना राष्ट्रियसभा सदस्य २० फागुनमा बिदा हुँदै छन् । त्यसमध्ये १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।  





  • प्रकाशित मिति : पुस १७, २०८० मंगलबार १२:३९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया